अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको आयोजनामा “तेस्रो अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन ’’ अमेरिकाको वासिङ्गटन डि.सीमा यही नोभेम्बर ३० र डिसेम्बर १ का दिन हुँदैछ । नेपाली भाषा, साहित्य, सँस्कृतिका लागि यो दुई दिने सम्मेलन एउटा कोसेढुङ्गा साबित हुने विश्वास गरिएको छ ।

नेपाली भाषा, साहित्य र सँस्कृतिका विभिन्न विधामा विभिन्न कार्यक्रमहरु सम्मेलनका दौरान आयोजना हुनेछन् । यसका साथै विभिन्न बिषयमा विशिष्टता हासिल गरी नेपालको छवि अन्तर्राष्ट्रिय जगतमा प्रतिष्ठित र गौरवान्वित गर्ने विभिन्न विधाका १० जना नेपालीहरु र नेपाल र नेपालीहरुलाई विशेष सहयोग गर्ने तथा योगदान दिने ३ जना विदेशीलाई पनि यस अवसरमा सम्मान गरिने कार्यक्रम रहेको छ ।

यसरी यो सम्मेलनमा नेपाली साहित्यको लागि मात्र नभई कला, सँस्कृति, खेलकुद, गायन पत्रकारिता, पर्यटन व्यवसाय आदि विभिन्न क्षेत्रमा विशिष्ट योगदान दिने “अन्तर्राष्ट्रिय नेपाली हिरो” हरुलाई पनि सम्मान गरिने कार्यक्रम रहेको छ । साहित्यलाई समाजका विभिन्न पक्षसित सधैं सँगै आवद्ध गरिरहने उद्देश्यबाट पहिलो पटक यस्तो प्रकारको कार्यक्रमको आयोजना गरिन लागेको हो । साथै यस अबसरमा खेलकुद प्रदर्शनी, युवा कविता गोष्ठी, रक्तदान, नेपाली प्रतिभाशाली युवाबाट प्रस्तुति, विभिन्न विधाका महत्वपूर्ण साहित्यक पुरस्कारहरु वितरण, बृहत कविता गोष्ठी, विभिन्न साहित्यिक विधामा कार्यपत्र प्रस्तुति तथा बिबिध सांस्कृतिक कार्यक्रम हुनेछ । यो सम्मेलन “म नेपाली हुँ र नेपाललाई माया गर्छु“ भन्ने सबैका लागि हो ।

अर्कोतिर विदेशमा लामो समयसम्म बस्ने नेपालीहरुको नयाँ पुस्तामा नेपाली भाषा, साहित्य र सँस्कृति विकासमा चुनौती र समस्याहरु देखा पर्न थालेका छन् । अतः डायस्पोरामा नेपाली भाषा, साहित्यको उत्थान गर्दै सँस्कृतिको जर्गेनाको लागि यो सम्मेलनमा भाग लिनुहुन म सम्पूर्ण साहित्यकार, लेखक, कवि, पत्रकार, खेलाडी, व्यवसायी सबैलाई अनुरोध गर्दछु ।

सीता पाण्डे
संयोजक, तेस्रो अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन| वासिङ्गटन डि.सी अमेरिका
Call for participation in the 3rd International Nepali Literary Convention

The 3rd International Nepali Literary Convention is being organized on November 30th and December 1st in Washington DC by the International Nepali Literary Society.

The Convention will be a milestone in the development of Nepali language and literature. Among other things, the Convention, I believe, shall also focus on the achievements made by Nepalis in various parts of the world; and the disturbing trend of neglect of Nepali language by the second generation.

We appeal all litterateurs, journalists and well-wishers and enthusiasts of Nepali languages and literature to actively participate in the Convention to further promote the cause of Nepali languages and literature.

Sita Pandey
Convenor
3rd International Nepali Literary Convention


अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मलेनका लागि अध्यक्ष गीता खत्रीको सन्देश

अनेसासका सम्पूर्ण ट्रस्टीहरू, आजीवन सदस्यहरू तथा नेपाली भाषा, साहित्य, कला र संस्कृतिलाई माया गर्ने सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरु,

यहि आउदो नोभेम्बर ३० र डिसेम्बर १, २०१३ मा वाशिंगटन डीसी स्थित मेरियट होटेलमा अन्तर्राष्ट्रिय नेपाली साहित्य... continue

अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मलेनका लागि बोर्ड अफ ट्रस्टीका अध्यक्ष होमनाथ सुबेदीको आह्वान

सहृदयी कलाप्रेमीहरु,

यहाहरुसित तेस्रो अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलनको सहभागी बन्न र यसलाई डोनेसन दिएर सहयोग गर्न गराउन हामी आह्वान गर्दछौं ।

आप्रवासबाट नेपाली भाषा साहित्यको सेवामा समर्पित यो अनेसास राजनीति निरपेक्ष, धर्मनिरपेक्ष, लाभनिरपेक्ष, साहित्यिक तथा... continue









Hotel Reservation:

Please Click here to reserve a room on a discounted price of $80. Please Contact Sita Pandey (sirunsi@yahoo.com) for a promotional code.


Convention Address:

Marriott International
8028 Leesburg Pike
Tysons Corner, VA 22182

Contact us:

Phone: (703) 491-1014
Email: info@convention.inls.org


Img