बोर्ड अफ ट्रस्टीका अध्यक्ष होमनाथ सुबेदीको आह्वान

सहृदयी कलाप्रेमीहरु,

यहाहरुसित तेस्रो अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलनको सहभागी बन्न र यसलाई डोनेसन दिएर सहयोग गर्न गराउन हामी आह्वान गर्दछौं ।

आप्रवासबाट नेपाली भाषा साहित्यको सेवामा समर्पित यो अनेसास राजनीति निरपेक्ष, धर्मनिरपेक्ष, लाभनिरपेक्ष, साहित्यिक तथा शैक्षिक संस्था हो । यसको विधानले विश्वभरका नेपालीलाई सदस्य बनाउन र च्याप्टर खोल्न ढोका खोलेको छ । ऐले सम्म ७५भन्दा बढी च्याप्टरले विश्वमा काम गरिरहेका छन् भने प्रत्येक आजीवन सदस्यले यसको साधारण सभामा डीसीमा आउन पाउने प्रावधान राखेको छ । यसको अभ्यास विभिन्न कोणबाट भैरहेको छ । यसै कारण अनेसासले गरेका अन्तर्राष्ट्रिय सम्मेलनका विविध प्रकार छन् । तीमध्ये होटल र वाशिङ्गटन डीसी बाहिर भएका स्थलगत यस्ता सम्मेलनको छुट्टै महत्व छ । ती कन्भेशनमध्ये पहिलो २००९ मा न्युयोर्कमा भएको थियो, २०११मा दोश्रो लन्डन कन्फेन्स भयो र तेश्रो फेरि ऐले वाशिङ्गटन डीसीमा यो हुन गइरहेको छ । यीमध्ये पहिलोको कन्भेनर भारती गौतम, दोश्रोको जया लक्ष्मी राई, र ऐले तेस्रो कन्भेसनकी कन्भेनर पनि कवयित्री सीता पाण्डे रहनुभएको छ । यो यौटा उल्लेखनीय संयोग पनि हो डायस्पोरामा भएका यी तिनै कन्भेन्सनका कन्भेनर कवयित्री महिला साहित्यकार नै रहनु भएको छ । पहिलो र दोस्रो जस्तै तेस्रो यो सम्मेलन पनि उल्लेखनीय हुनेछ:

3 rd International Nepali Literary Convention: 30th November- 1st December 2013, WashingtonDC, USA

Diaspora Fair of Nepali Languages, Literature & Culture


“डायस्पोरामा नेपाली साहित्यको विकास: हाम्रो गरिमा, चुनौती र सत्प्रयास” यो लक्ष्य बोकेर यो सम्मेलन तपाई हाम्रो अगाडि आएको छ। अमेरिका, एसिया, युरोप र ओसेनिया जहाँ भए पनि हामी सब नेपाली हौँ। नेपाली र नेपालका भाषा साहित्य, कला र संस्कृतिको कार्यक्रम हो। जहाँ बसेको भए पनि सबैले यसको लागि सहभागी भएर डोनेसन दिएर जे जसरी तपाईहरुले सहयोग गर्न सक्नुहुन्छ गरेर यसलाई सफल बनाउन साथ दिनुहोला भन्ने हामीले विश्वाश गरेका छौं ।

यसै बेला देवकोटा जयन्ती, भानु बर्ष २०१३ महोत्सव, बीपी शतवार्षिकी, सर्वोत्कृष्ट पुस्तक पुरस्कार वितरण समारोह र अनेक डायस्पोराको साहित्य सम्मेलन, गजल गोष्ठी, वाल कविता गोष्ठी र बृहद कवि गोष्ठी र गीत र नृत्यको प्रदर्शन पनि हुदै छन्। मौकाले आउने हो सेराटन होटेलमा भएको सम्मेलनमा आएर वाशिंगटन डीसीको दृश्यावलोकन पनि गर्ने हो। तपाइँ आउनुहोस। हामी पनि तपाइकहाँ आउँला। सम्मेलन सबैको हो। आउनुहोस, आउन न सके त्यहीबाट डोनेसन दिएर सहयोग गर्नुस। हामी त्यो गिन्तीमा राखौंला।

अनेसास सबैको हो, हामी तपाइकै हूँ, अनेसासका भगिनी संगठनहरु पनि हाम्रै हुन्, हामी पनि तपाईहरुकै हौँ। समग्रमा नेपाली डायस्पोराको उत्थान तपाइँ हामी भित्र बाहिर सबै नेपालीको पहिचानलाई दिगो र जीवन्त राख्ने मेरुदण्ड हो । त्यसको लागि गरिएको यो एकताको अन्तर्राष्ट्रीय नेपाली साहित्य सम्मेलनलाई सफल बनाउन सहयोग गर्नुहुन हामी विनम्र अनुरोध गर्दछौं।

यदि मसित कुनै प्रश्न भए जानकारी चाहिएमा ७०३ ४९१ १०१४ वा ७०३ ८६४ ४४६१ मा फोन गर्नुहोला। इमेल गर्नु परेमा hsubedi@gmail.com स्काइपमा home.nath.subedi सम्पर्क गर्नु होला। कन्भेनर र आयोजकहरु तपाईहरुको सेवाको लागि सदा तत्पर हुनुहुन्छ । आउनुहोस अमेरिकाको राजधानीमा हामी तपाईको स्वागत सत्कार गर्न आतुर छौं। समय थोरै छ। न सोच्नुहोस न पर्खिनुहोस। आउनुहोस, हामी एरपोर्टमा लिन आउन तयार छौं।

दीपावलीको शुभकामना सहित।

होमनाथ सुबेदी

सभापति

बोर्ड अफ ट्रस्टी, अनेसास केन्द्र,

वाशिंगटन डीसी, संयुक्तराज्य अमेरिका

१०/२०/२०१३