अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मलेनका लागि अध्यक्ष गीता खत्रीको सन्देश

अनेसासका सम्पूर्ण ट्रस्टीहरू, आजीवन सदस्यहरू तथा नेपाली भाषा, साहित्य, कला र संस्कृतिलाई माया गर्ने सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरु,

यहि आउदो नोभेम्बर ३० र डिसेम्बर १, २०१३ मा वाशिंगटन डीसी स्थित मेरियट होटेलमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको आयोजनामा तेस्रो अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मलेन सम्पन्न हुन गइरहेको सहर्ष जानकारी गराउन चाहन्छौं । उक्त सम्मेलनमा अनेसास सर्वोत्कृष्ठ पुस्तक पुरस्कार वितरण समारोह, अनेक डायस्पोराका कार्यपत्रहरु, बृहद कविगोष्ठी, भानुवर्ष २०१३ महोत्सव लगायत बिबिध आकर्षणका कार्यक्रमहरु रहेकोले उक्त सम्मेलनमा सहभागी भै नेपाली भाषा, साहित्य, कला र संस्कृतिको संरक्षण, सम्बर्धन र विश्वबिस्तारमा सहयोग गर्नु हुन सादर अनुरोध गर्दछौँ ।

तेस्रो अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मलेनको संयोजक श्रीमती सीता पाण्डेजीको नेतृत्वमा सम्मलेनको तयारी अन्तिम अबस्थामा पुगेको छ । उक्त सम्मलेनमा उपस्थित भएर डायस्पोरामा नेपाली भाषा र साहित्यको बिकास एबं विस्तार गर्ने काममा सक्दो सहयोग गरी यो सम्मलेनलाई भब्यताकासाथ सफलपारि दिनु हुन सबै अनेसासका च्याप्टरहरु तथा अन्य संघ संस्थाका सबै पदाधिकारीज्यूहरु सबैमा हार्दिक अनुरोध गर्दछौँ । आर्थिकरुपमा सहयोग गर्न चाहनु हुने निकाय तथा महानुभावहरुले अनेसासको वेबसाइट (www.inls.org ), सम्मेलनको वेबसाइट (www.convention.inls.org), अनेसासको बैंक खाता वा सिधै पत्राचार गरी सहयोग गर्नु हुन समेत हार्दिक अनुरोध गर्दछौँ ।

सादर,

गीता खत्री,
अध्यक्ष, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज
केन्द्रीय कार्यसमिति
Tel: 347 421 6013
www.inls.org